काठमाडौं । हरेक बाबु–आमालाई आफ्ना छोराछोरी किशोरावस्थामा लागेसँगै गलत सँगतमा पो लाग्छन् कि भन्ने चिन्ता हुन्छ । आफ्नी अविवाहित छोरी कोही केटासँग डेटिङमा जाने कुरा अभिभावकहरुले सहजै स्वीकार गर्न सक्दैनन् । पढ्ने लेख्ने र करिअर बनाउने उमेरमा प्रेम तथा डेटिङको चक्करमा नपर्नका लागि सुझाव दिन्छन् अभिभावकहरु आफ्ना सन्तानलाई त्यसो नगर्न भन्छन् ।
तर, अमेरिकामा एकजना यस्ति आमा फेला परेकी छिन् जसले आफ्नी छोरीलाई एक–दुईजना मात्र होइन १०० जना केटासँग डेटिङ गर्न अनुमति दिइन् । आमाको अनुमति अनुसार नै ती युवतीले सय जना युवकसँग डेटिङ गरिसकेकी छिन् ।
आमाकै अनुमतिले १०० जना पुरुषसँग डेटिङ गर्ने ती युवतीको खुलासा उनकै बहिनीले गरिदिएकी छिन् । आफ्नी दिदीले विवाह हुनअघि एक वर्षको अवधिभित्रै १०० जना पुरुषसँग डेटिङ गरेको उनले बताएकी छिन् ।