२०८१ असोज ३ गते बिहिवार | 2024 September 19th Thursday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

महांकाल मन्दिरमा ट्यांकर ठोक्कियो, चालकको अवस्था गम्भीर

काठमाडौं । काठमाडौंको महांकाल मन्दिरमा पानी ट्यांकर ठोक्किंदा चालक गम्भीर घाइते भएका छन् । त्रिपुरेश्वरबाट भोटाहिटीतर्फ जाँदै गरेको ना २ क ४० नम्बरको ट्यांकर आज बिहान करिब सवा दुई बजेतिर मन्दिरको भित्तामा ठोक्किएको हो ।

दुर्घटनामा ट्यांकर चालक काठमाडौंको बसुन्धरा बस्ने ओखलढुंगाका ५९ वर्षीय चेतबहादुर खत्री गम्भीर घाइते भएका छन् । चालक सिटमै च्यापिएका उनलाई प्रहरीले उद्धार गरेर नजिकैको ट्रमा सेन्टरमा पुर्याएको थियो । उनको उपचार जारी छ । १२ हजार लिटर क्षमताको ठूलो ट्यांकरको ठक्करबाट महांकाल मन्दिरको भित्तामा पनि क्षति पुगेको प्रत्यक्षदर्शीले बताएका छन् ।

 

प्रकाशित मिति : २०८० साउन १५ गते सोमवार
प्रतिक्रिया दिनुहोस