२०८१ असोज ३ गते बिहिवार | 2024 September 19th Thursday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

५ वर्षीया नाबालिगको बलात्कारपछि हत्या गर्ने राई २० वर्षपछि पक्राउ

काठमाडौं । ५ वर्षीया नाबालिगको बलात्कारपछि हत्या गरेको आरोपमा फरार रहेका एक पुरुष २० वर्षपछि पक्राउ परेका छन् । पक्राउ पर्नेमा मकवानपुरको हेटौँडा–११ बस्ने सोमबहादुर राई रहेका छन् । बागमती प्रदेश प्रहरी कार्यालयका अनुसार २५ वर्षको उमेरमा हुँदा राईले नाबालिगलाई बलात्कार गरेर हत्या गरेका थिए । नाबालिगको शव हेटौँडा–१० राप्ती खोलामा ढुंगाले च्यापिएको अवस्थामा २०६० साल असोज १९ गते फेला परेको थियो ।

घटनापछि फरार रहेका राईलाई जिल्ला प्रहरी कार्यालय मकवानपुरसँगको समन्वयमा बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाबाट खटिएको टोलीले शनिबार ललितपुरको गोदावरी नगरपालिका–१४ बाट पक्राउ गरेको थियो । राईलाई जिल्ला अदालत मकवानपुरबाट ६ दिनको म्याद थप गरी जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट थप अनुसन्धान भइरहेको छ ।

प्रकाशित मिति : २०८० साउन १५ गते सोमवार
प्रतिक्रिया दिनुहोस