२०८१ असोज ३ गते बिहिवार | 2024 September 19th Thursday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

नेपाल अटोमोबाईल एसोसियसन नेपालको नयाँ कार्यसमिति निर्विरोध निर्वाचित

Nepal Automobile

काठमाडौं । नेपाल अटोमोबाईल एसोसियसन (नासा नेपाल) ले दशरथ रिसालको अध्यक्षतामा निर्विरोध नयाँ कार्यसमिति चयन गरेको छ । शनिबार संघको चुनावी साधारण सभाले २५ सदस्यीय कार्यसमिति निर्विरोध निर्वाचित गरेको हो ।

निर्वाचन प्रकृयाबाट वरिष्ठ उपाध्यक्षमा डा. बुलन्द थापा, उपाध्यक्षहरुमा सिताराम न्यौपाने, अनिल बराल निर्विरोध निर्वाचित रहे । महासचिव पदमा शुशिल तण्डुकार, सचिवमा सन्तोष न्यौपाने र निरज खड्का क्षेत्री निर्विरोध रहे । कोषाध्यक्षमा धान्यमणि नेपाल र सदस्य पदमा श्रमिक, सञ्जु बज्राचार्य, प्रज्ञा, भिक्ट्री थापा, यदुराज लामिछाने निर्विरोध निर्वाचित रहे ।

यस्तै, नयाँ कार्यसमितिले सचिवमा महेश अधिकारी, बिनोद तण्डुकार, दिप्रश शाक्यलाई मनोनयन गरियो भने सह(कोषाध्यक्षमा कमला क्षेत्री र सदस्यमा चादमाला मास्के, मिङ्मा डोल्मा, सञ्जय बराललाई मनोनित गरेको छ । अब कार्यसमिति बैठकले तीन जना सदस्य र राखेपबाट दुई सदस्य गरि ५ कार्यसमिति मनोनित हुन बाँकी छ ।

नेपालमा मोटरस्पोर्ट्सको क्षेत्रमा काम गर्ने संस्था नासा नेपालले चुनावी साधारण सभामार्फत नयाँ कार्यसमिति चयन गरेको हो । संघको साधारण सभालाई राखेप सदस्य सचिव टंकलाल घिसिङले उद्घाटन गरेका थिए ।

 

प्रकाशित मिति : २०८० साउन १३ गते शनिवार
प्रतिक्रिया दिनुहोस