२०८१ असोज ४ गते शुक्रवार | 2024 September 20th Friday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

पुल बगाएपछि आवागमन बन्द

कालीकोट । तिलागुफा नगरपालिका–६ र ९ जोड्ने पक्की पुल बगाएको ११ महिना बित्दा पनि पुनर्निर्माण हुन सकेको छैन । २०७९ साल असोजमा तिला नदीमा आएको बाढीले पक्की पुल बगाएपछि नगरका तीन वडा र महावै गाउँपालिका आउजाउमा समस्या आएको छ ।

पक्की पुल बगाएको दुई महिनापछि नगरपालिकाले अस्थायी पुल बनाएको थियो । ससाना बोलेरो, मोटरसाइकल वारपार गर्ने काम सो अस्थायी पुलबाट हँुदै आएको थियो । बर्सात लागेसँगै नदीमा पानीको बहाव बढेपछि अस्थायी पुलसमेत बगाएको छ । अहिले नगरका तीन वडा र महावै गाउँपालिका आउजाउ गर्न ठप्प भएको छ ।

भैँसीगौडाको पुल भएर महावै गाउँपालिका केन्द्र पाद्माघाट जाने एक मात्र सडक हो तर पुल बाढीले बगाउँदा महावैसँगै तिलागुफा नगरपालिका–९, १० र ११ को यातायात सेवासमेत बन्द भएको छ । वडा नं. १० का वडा अध्यक्ष मुनबहादुर थापाले पुल बनाउनेतर्फको कसैले चासो नदिएको र नगरपालिकामा प्रस्ताव लिएर बल्ल बनाएको अस्थायी काठे पुलसमेत बाढीले बगाएपछि अहिले आफ्नो वडासहित तीन वडा र महावै गाउँपालिका सडक सम्पर्कवाट अलग रहेको बताउनुभयो ।

वडा नं. ११ का अध्यक्ष हस्तबहादुर शाहीले ठेकेदारले समयमा पक्की पुलको काम नसक्दै बाढीले पुल बगाएकाले निर्माण व्यवसायीलाई त समस्या हुने नै भयो, त्योभन्दा ठुलो समस्या त आफूलाई भएको सुनाउनुभयो । गाउँमा केही समान ल्याउन भैँसीगौडावाट बोक्नु पर्छ । गाउँमा आउने खाद्य वस्तुको मूल्य वृद्धि भइरहेको अध्यक्ष शाहीको भनाइ छ ।

प्रकाशित मिति : २०८० साउन ११ गते बिहिवार
प्रतिक्रिया दिनुहोस