२०८१ असोज ३ गते बिहिवार | 2024 September 19th Thursday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

ठेक्का प्रक्रियामा अल्झियो बुढीगङ्गा आयोजना

अछाम । अछाम जिल्लावासीका लागि बहुप्रतीक्षित २० मेगावाटको बुढीगङ्गा जलविद्युत् आयोजना निर्माण कार्य ठेक्का प्रक्रियामा अल्झिएको छ । समयमै ठेक्का प्रक्रिया पूरा नहुँदा आयोजना निर्माणले गति लिन सकेको छैन ।

आयोजना निर्माणको मुख्य ड्याम, टनेल र पावर हाउस निर्माण कामको ठेक्कासम्बन्धी समयमा नै टुङ्गो नलाग्दा आयोजना निर्माण कार्य पछि धकेलिँदै गएको छ । तीन पटकसम्म ठेक्का प्रव्रिmया रद्द हुँदा आयोजनाको निर्माणको कार्य अघि बढ्न नसकेको पाइन्छ ।

ड्याम, टनेल र पावर हाउस निर्माणका लागि अन्तर्राष्ट्रियस्तरको बोलपत्र आह्वान गरिए पनि तीनै पटक ठेक्का रद्द भएको छ । २०७८ साल भदौमा गरिएको दुई चरणको ठेक्का प्रक्रियामा एउटा कम्पनीको मात्र बोलपत्र परेकाले उक्त ठेक्का प्रव्रिmया रद्द गरिएको आयोजना कार्यालयका सूचना अधिकारी तथा इन्जिनियर स्वतन्त्रकुमार कर्णले बताउनुभयो ।

त्यसको छ महिनापछि चैतमा गरिएको एकल चरण ठेक्का प्रव्रिmयामा आएका कम्पनीले ठेक्का रकमभन्दा बढी ठेक्का हालेपछि उक्त प्रक्रिया पनि रोकिएको बताइएको छ । आयोजनाले २०७९ साल असोजमा पुनः अन्तर्राष्ट्रियस्तरकै बोलपत्र आह्वान गरे पनि त्यसमा कम्पनीहरूले तोकिएको रकमभन्दा बढी ठेक्का हालेकाले प्रक्रिया अघि नबढेको उहाँ बताउनुुहुन्छ । “तीन पटक बोलपत्र गर्दा पनि खरिद ऐन अनुसार प्रभावग्राही नभएकाले रद्द भएका हुन्,” इन्जिनियर कर्णले भन्नुभयो । चौथो पटक बोलपत्र खोलिएकाले त्यसको प्रव्रिmया पूरा भएपछि मात्र आयोजना स्थलका मुख्य निर्माणका काम हुने बताइएको छ । “आयोजना निर्माणको काम ढिलो हुने भनेर अहिले अवलम्बन गरिएको प्रव्रिmया दु्रत प्रव्रिmया हो । त्यसै अनुसार हामी अघि बढ्छौँ,” कर्णले भन्नुभयो ।

ठेक्का प्रक्रियामा आयोजना अल्झेपछि काम निकै धिमा गतिमा गएको स्थानीयको गुनासो छ । “ठेक्का प्रव्रिmया पटक पटक रद्द भयो भन्ने कुरा सुन्नमा आएको छ, यसले त आयोजना निर्माणमा ढिलाइ भइरहेको छ,” साँफेबगरका अगुवा युवा कृष्ण बुढाको भनाइ छ ।

करिब १८ महिनामा सम्पन्न हुने डिपिआरले चार वर्ष समय लिएपछि आयोजना निर्माणको काम पटक पटक पछाडि धकेलिएको छ । ठेक्का प्रव्रिmया तीन वर्ष लागेपछि निर्माण समयमै सम्पन्न हुनेमा स्थानीयको आशङ्का रहेको छ ।

“आयोजनाको काम ढिलो भइरहेको छ, चाँडो सम्पन्न गर्ने गरी काम गर्नुपर्छ,” साँफेबगर नगरपालिकाका उपप्रमुख शिवबहादुर कुँवर (शिलोज) ले भन्नुभयो । निकै महìवपूर्ण रूपमा हेरिएको आयोजनाको काममा तीव्र गतिमा हुनुपर्ने माग उहाँको छ । सो आयोजनाका लागि अछाममा २५० रोपनी, डोटीमा ५० र बाजुरामा २० रोपनी जग्गाको मुआब्जा वितरण भइसकेको बताइएको छ । आयोजना स्थल नजिकै प्रशासनिक भवन, पावर हाउस जाने पहुँच मार्ग र पुल निर्माण भइसकेका छन् ।

२०७७ सालभित्र आयोजना निर्माण सम्पन्न गरेर सञ्चालनमा ल्याइने उल्लेख थियो । २०८० साल लाग्दा समेत आयोजना सञ्चालन हुने सुरसार छैन । छ अर्ब लागत अनुमान गरिएको आयोजनामा साउदी विकास कोषको तीन अर्ब २० करोड, कुवेत विकास कोषको एक अर्ब ८० करोड ऋण र बाँकी नेपाल सरकारले लगानी गर्ने गरी सो आयोजना सुुरु गरिएको हो ।

साँफेबगर नगरपालिका–१३, बुढाबगरमा बाँध बनाएर ५.६ किलोमिटर सुरुङ मार्गबाट ठाँटी बजारमा रहने विद्युत् गृहमा पानी खसालिने छ । १०/१० मेगावाटका दुइटा टर्बाइन प्रयोग गरेर २० मेगावाट विद्युत् उत्पादन हुने छ । उत्पादित विद्युत् १३२ केभी प्रसारण लाइनबाट कैलालीको पहलमानपुरमा रहेको सब स्टेसनमा जोडिने छ । करिब ८२ किलोमिटर लामो प्रसारण लाइन साँफेबगरबाट डोटी हुँदै कैलालीको पहलमानपुरसम्म पुग्ने आयोजनाले जनाएको छ ।

 

प्रकाशित मिति : २०८० साउन ११ गते बिहिवार
प्रतिक्रिया दिनुहोस