२०८१ असोज ३ गते बिहिवार | 2024 September 19th Thursday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

आजदेखि बागमती प्रदेशमा सार्वजनिक यातायातको भाडा घट्ने

काठमाडौं बागमती प्रदेशले आज (विहीबार) देखि सार्वजनिक यातायातको भाडा घटाउने भएको छ । गत जेठ ११ मा भाडा समायोजन गरेको प्रदेशले पुनः भाडादर घटाउन लागेको हो ।

नेपाल आयल निगम साउन १ गतेबाट इन्धनको मुल्यमा स्वचालित प्रणालीमा गएसँगै प्रदेश सरकारले भाडा घटाउन लागेको श्रम ,रोजगार तथा यातायात मन्त्रालय बागमती प्रदेशका सूचना अधिकारी खगेन्द्र पौडेलले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “नेपाल आयल निगमले इन्धनको मुल्यमा स्वचालित प्रणाली लागु गरेसँगै इन्धनको मुल्य ५ प्रतिशत बढ्दा वा घट्दा भाडा सोही किसिमले घटाउनु वा बढाउनुपर्ने भएकाले अहिले भाडादर घटाउन लागिएको हो ।”

उहाँका अनुसार बागमती प्रदेशमा चल्ने सवारी साधनमा २.३ प्रतिशत भाडा घट्नेछ । यस्तै मालबहाक सवारी साधनमा ३.१८ प्रतिशत भाडा घट्नेछ । सीटी बसमा भने ३.२६ प्रतिशतले भाडा घट्ने उहाँको भनाई छ ।

काठमाडौं उपत्यकामा पहिले सात किलोमिटरसम्म चढ्ने वित्तिकै १९ रुपियाँ तिर्नुपर्दथ्यो । अव १८ रुपियाँ तिर्नुपर्ने सूचना अधिकारी पौडेलले बताउनुभयो । काठमाडौँ उपत्यकामा पाँच देखि १० किलोमिटरसम्म चढ्ने वित्तिकै २५ रुपियाँ तिर्नुपर्दथ्यो भने अब २४ रुपियाँ मात्र तिर्नुपनेछ । ट्याक्सिको भाडा भने यथावत नै रहने उहाँको भनाइ छ ।

 

प्रकाशित मिति : २०८० साउन ११ गते बिहिवार
प्रतिक्रिया दिनुहोस