२०८१ असोज ३ गते बिहिवार | 2024 September 19th Thursday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

वायु सेवा निगमद्वारा इन्जिन भाडामा लिने तयारी

काठमाडौँ । नेपाल वायु सेवा निगमले एक सातादेखि ग्राउन्डेड न्यारोबडी ए–३२० कल ९–एन एकेएक्स (नेपाली नाम लुम्बिनी) जहाज उडानका लागि इन्जन भाडामा लिने भएको छ ।

न्यारोबडी ए–३२० कल ९–एन एकेडब्लु (नेपाली नाम सगरमाथा) जहाजमा गत वर्ष फागुनदेखि भाडाको इन्जिन प्रयोग गर्दै आएको निगमले ग्राउन्डेड अर्काे न्यारोबडी ए–३२० कल ९–एन एकेएक्स उडानका लागि पनि इन्जिन भाडामा लिने तयारी गरेको छ ।

असार ३१ गते बिहान दुबईबाट काठमाडौँ फर्किएको न्यारोबडी ९–एन–एकेएक्स जहाज बायाँ इन्जिनको हाई प्रेसर टर्विन ट्रेलिङ एजमा समस्या देखिएपछि निगमको इन्जिनियरिङ विभागले चार साइकलभन्दा बढी उडाउन नमिल्ने बताउँदै हाल ग्राउन्डेड गरिएको छ ।

निगमका प्रवक्ता रमेश पौडेलले उक्त विमानलाई मर्मतका लागि नेपालबाहिर लैजान चार साइकल अनिवार्य चाहिने भएपछि जहाज ग्राउन्डेड भएको बताउनुभयो ।

उहाँले भन्नुभयो, “निगम व्यवस्थापनले ग्राउन्डेड जहाजको इन्जिन मर्मतका लागि परीक्षण तथा जहाजका पार्टपुर्जा मर्मतसम्भार (एमआरओ) छनोटका लागि टेन्डर प्रव्रिmयामा गइसकेका छौँ । टेन्डरबाट कम्पनी छनोट गरेर इन्जिन मर्मतका लागि पठाउन करिब दुई महिना समय लाग्ने देखिएपछि इन्जिन भाडामा लिने विकल्प पनि खुला

गरेका हौँ । इन्जिन मर्मत गर्दा करिब दुई महिनाभन्दा बढी जहाज ग्राउन्डेड हुने देखिएपछि छिटोछरितो प्रव्रिmयाका रूपमा इन्जिन भाडामा लिन खोजिएको हो ।”

निगमले एमआरओ छनोटका लागि जुलाई १८ मा मात्रै टेन्डर खुलाएको छ । टेन्डर प्रव्रिmया पूरा नगरी ग्राउन्डेड भएको न्यारोबडी ए–३२० कल ९–एन एकेएक्समा भाडाको इन्जिन प्रयोग भए निगमले मासिक करोडौँ रुपियाँ भाडा तिर्नुपर्ने छ ।

अर्काे न्यारोबडी ए–३२० ९–एन एकेडब्लुमा जहाजको इन्जिनको भाडामा अहिले दैनिक छ हजार अमेरिकी डलरभन्दा बढी खर्च गर्दै आएको छ । निगमले न्यारोबडी ए–३२० ९–एन एकेडब्लुमा गत फागुन २१ देखि भाडाको इन्जिन प्रयोग गर्दै आएको हो ।

निगमका प्रवक्ता पौडेलका अनुसार हाल जर्मनीमा मर्मत भइरहेको न्यारोबडी ए–३२० ९–एन एकेडब्लुको इन्जिन अगस्टमा मात्रै नेपाल आइपुग्ने छ । मर्मतका लागि पठाउँदा उक्त इन्जिन जुन महिनाभित्रै नेपाल आइपुग्ने बताइएको थियो ।

निगमलाई इन्जिन भाडामा लिनका लागि पनि सरकारी कानुनी प्रक्रिया पूरा गर्नुपर्ने छ ।

प्रकाशित मिति : २०८० साउन ११ गते बिहिवार
प्रतिक्रिया दिनुहोस