२०८१ असोज ३ गते बिहिवार | 2024 September 19th Thursday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

गृहमन्त्रीलाई एमालेको सिधा प्रश्न, कुन नैतिकताको धरातलमा तपाई पदमा बस्न सुहाउँछ ?

KP Oli Narayankaji

काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेले गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई पदमा बस्न नसुहाउने अडान सहित संसद बैठक अवरोध गरेको छ ।

बुधबार प्रतिनिधि सभा बैठकमा आकस्मिक समय लिएर बोलेका प्रमुख सचेतक पदम गिरीले भन्नुभयो, ‘सुन तस्करी हुँदाखेरि गृहमन्त्री हुँ भनेर उहाँले जुन प्रकारले स्टन्टबाजी गर्दै हुनुहुन्छ, म कारबाही गर्छु म देखाउँछु भन्दै हिँड्नुहुन्छ। हामी भन्न चाहन्छौं, अब तपाई कुन नैतिकताको धरातलमा पदमा बस्न सुहाउँछ ?’

गिरीले सुन प्रकरण छानबिन गर्न उच्चस्तरीय छानबिन समिति बनाउन सभामुखले सरकारलाई रूलिङ गर्नुपर्ने माग गर्नुभयो । उहाँले उच्चस्तरीय छानबिन समिति बन्ने सुनिश्चितता नभए संसद अघि बढ्न नसक्ने पनि बताउनुभयो । यो सरकारबाट छानबिन हुन्छ भन्ने देखिन्न । उच्चस्तरीय छानबिन समिति नबनेसम्म संसद बैठक अघि बढ्न सक्दैन उहाँले भन्नुभयो ।

 

 

प्रकाशित मिति : २०८० साउन १० गते बुधवार
प्रतिक्रिया दिनुहोस