२०८१ असोज ३ गते बिहिवार | 2024 September 19th Thursday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

उपप्राध्यापक चलाउने कुटपिट प्रकरण – पुन: पक्राउ र सम्पत्ति रोक्काबारे सर्वोच्चको यस्तो आदेश

काठमाडौं । सर्वोच्च अदालतले त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेमबहादुर चलाउनेलाई कुटपिट गरेर धरौटीमा छुटेकाहरुले अदालती प्रक्रियालाई सहयोग नगरेको ठहर गरेको छ । उनीहरुलाई पुनः पक्राउ गर्न र उनीहरुको सम्पत्ति रोक्का गर्नेबारे निर्णय गर्न सर्वोच्चले काठमाडौं जिल्ला अदालतलाई आदेश दिएको छ ।

प्रतिवादीहरुले जिल्ला अदालतको तारेख टुटाएको र आदेश बमोजिमको अन्तरिम क्षतिपुर्तीसमेत नदिएको भन्दै मुलुकी फौजदारी कार्यविधी संहिताको दफा ८७ आकर्षित हुने–नहुने यकिन गर्न सर्वोच्चले काठमाडौं जिल्ला अदालतलाई आदेश दिएको हो । दफा ८७ मा पक्राउ पूर्जि जारी गर्ने र सम्पत्ति रोक्का राख्न सकिने सम्वन्धी व्यवस्था छ ।

यसअघि काठमाडौं जिल्ला अदालतले आरोपीहरु सयुज श्रेष्ठ र रविनकुमार लामालाई ५५ हजार धरौटीमा छाड्ने थुनछेक आदेश गरेको थियो । त्यसपछि उच्च अदालत पाटनले प्रतिवादीहरुसँग जनही ५ लाख धरौटी माग्ने र पीडित भनिएका उपप्राध्यापक चलाउनेलाई एक लाख रुपैयाँ अन्तरिम क्षतिपुर्ती बुझाउनुपर्ने आदेश गर्यो । त्यसपछि प्रतिवादीहरु त्यस आदेशविरुद्ध सर्वोच्च अदालत पुगेका थिए । न्यायधीशद्वय सुष्मलता माथेमा र हरिप्रसाद फुयाँलको इजलासले साउन ७ गते उक्त आदेश गरेको हो । उच्च अदालतको आदेशलाई भने सर्वोच्चले सदर गरेको छ ।

 

प्रकाशित मिति : २०८० साउन ९ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस