२०८१ असोज ३ गते बिहिवार | 2024 September 19th Thursday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

सरकारले त्रिभुवन विमानस्थल भन्सार प्रमुख पोखरेल हटाइएर पाण्डे ल्यायो

Airport Customs Chief Pokharel was removed and Pandey was brought in

काठमाडौं । एक क्विन्टल सुन तस्करी प्रकरणपछि अर्थ मन्त्रालयले भन्सार प्रमुख अरुण पोखरेललाई हटाएको छ । उहाँलाई हटाएर सहसचिव टोकराज पाण्डेलाई त्रिभुवन विमानस्थलको भन्सार कार्यालयको प्रमुखको जिम्मेवारी दिएको हो ।

यसअघिका भन्सार प्रमुख अरुण पोखरेललाई हटाएर पाण्डेलाई जिम्मेवारी दिइएको अर्थ मन्त्रालयका प्रवक्ता धनिराम शर्माले जानकारी दिनुभयो । पाण्डे आइतबार मात्रै राष्ट्रिय किताबखानाको महानिर्देशकबाट अर्थ मन्त्रालयमा सरुवा हुनुभएको थियो ।

प्रमुखको जिम्मेवारीमा पोखरेल भएपनि उहाँ बिदामा रहेका बेला सुन तस्करी भएको थियो । उहाँ २ महिनादेखि बिदामा हुनुहुन्थ्यो । पोखरेल बिदामा रहेकै बेला ३ साउनमा विमानस्थल पार गरेर करिब एक क्विन्टल सुन सिनामंगलबाट राजस्व अनुसन्धान विभागले बरामद गरेको थियो ।

 

प्रकाशित मिति : २०८० साउन ९ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस