२०८१ असोज ३ गते बिहिवार | 2024 September 19th Thursday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

यस्तो छ आजको सुनको मूल्य

gold price today nepal

काठमाडौँ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आज सुनको मूल्यमा सामान्य वृद्धि भएको जनाएको छ । आजको बजार भाउ तय गर्दै महासङ्घले हिजो सोमबारको तुलनामा प्रतितोला २०० रुपैयाँले मूल्यवृद्धि भएको जनाएको हो ।

यससँगै, आज छापावाल सुनको मूल्य तोलामा १ लाख १२ हजार २०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख ११ हजार ६५० रुपैयाँ कायम छ । हिजो सोमबार छापावाल सुनको मूल्य तोलामा १ लाख १२ हजार रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा १ लाख ११ हजार ४५० रुपैयाँ कायम थियो ।

आज सुनको मूल्य बढेको दिन चाँदीको मूल्य भने घटेको छ । महासङ्घले आज चाँदीको मूल्य तोलामा ५ रुपैयाँले घटेको जनाएको हो । यससँगै, आज चाँदीको मूल्य तोलामा १४ सय ५५ रुपैयाँ कायम छ । हिजो सोमबार चाँदीको मूल्य तोलामा १४ सय ६० रुपैयाँमा कारोबार भएको थियो ।

 

प्रकाशित मिति : २०८० साउन ९ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस