२०८१ असोज ४ गते शुक्रवार | 2024 September 20th Friday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

प्रमाणले दोषी देखिएका जोसुकैलाई कारबाही हुन्छ : गृहमन्त्री

काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले भ्रष्टाचार र अनियमिततामा प्रमाणले दोषी देखिएका जोसुकै भए पनि कारबाही गर्ने बताउनुभएको छ ।

सोमबार काठमाडौंमा पुष्पलाल स्मृति दिवसको अवसरमा पुष्पलाल मित्रता केन्द्रले गरेको कार्यक्रममा उहाँले भ्रष्टाचार र अनियमितको प्रकरणमा प्रमाणले दोषी देखिएका जोसुकैलाई कानूनी कारबाही गरिने बताउनुभएको हो ।

नक्कली भुटानी शरणार्थी, ललिता निवास जग्गा हिनामिना र १०० किलो सुन बरामद प्रकरणका दोषी उम्कने हुन् कि भन्ने आशंका उब्जिएका बेला उहाँले दोषी देखिएका सबैलाई कानूनी कारबाही गरिने बताउनुभयो । निष्पक्ष रुपमा अनुसन्धान गर्न आफूले निर्देशन दिएको जानकारी दिएकाले उहाँले दोषीलाई छोड्न नहुने र निर्दोष फस्न नहुने गरी अनुसन्धान र कारबाही प्रक्रिया अघि बढाइने बताउनुभयो ।

 

प्रकाशित मिति : २०८० साउन ८ गते सोमवार
प्रतिक्रिया दिनुहोस