२०८१ असोज ३ गते बिहिवार | 2024 September 19th Thursday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

चिनियाँ कम्युनिष्ट पार्टीका नेता र माओवादी केन्द्रका पदाधिकारीबीच भेटवार्ता हुँदै

काठमाडौं । नेपाल भ्रमणमा रहेका चिनियाँ कम्युनिष्ट पार्टी (सिपीसी) का पोलिट्ब्युरो सदस्य युआन च्या च्युन र माओवादी केन्द्रका पदाधिकारीबीच भेटवार्ता हुने भएको छ। भेटवार्ता आजै साँझ ६ बजे होटल द्वारिकामा तय भएको उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको सचिवालयले जानकारी दिएको छ ।

चिनियाँ प्रतिनिधिमण्डलसँगको भेटमा गृहमन्त्री तथा माओवादी केन्दका उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, उपाध्यक्ष कृष्णबहादुर महरा सहभागी हुने तय भएको छ । त्यस्तै, पार्टीका महासचिव देव गुरूङ, उपमहासचिवहरू हरिबोल गजुरेल, जनार्दन शर्मा, वर्षमान पुन, पम्फा भुसाल, गिरिराजमणि पोखरेल, मात्रिका यादव र शक्ति बस्नेत भेटवार्तामा सरिक हुने गृहमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।

छलफल द्विपक्षीय हित प्रवर्द्धन र कूटनीतिक शिष्टाचारका रूपमा हुने बताइएको छ। भेटमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को चीन भ्रमणबारे पनि छलफल हुनेछ। यद्यपि प्रधानमन्त्री प्रचण्डसँग भने चिनियाँ कम्युनिस्ट पार्टीका नेताको भेट हुने छैन। श्रीलंका भ्रमण सकेर च्या च्युन आइतबारै काठमाडौं आउनुभएको हो ।

युआन सिपिसी चिनियाँ कम्युनिस्ट पार्टीको माथिल्लै वरिताका नेता हुनुहुन्छ । उहाँ तीन दिन काठमाडौं रहने बताइएको छ। यहाँ रहँदा उहाँले अरू दलका शीर्ष नेतासँग पनि भेटघाट गर्ने कार्यतालिका छ ।

 

प्रकाशित मिति : २०८० साउन ७ गते आइतवार
प्रतिक्रिया दिनुहोस