२०८१ असोज ४ गते शुक्रवार | 2024 September 20th Friday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

३८ वर्षअघि हराएको ११औं शताब्दिको सूर्य मूर्ति बेलायतबाट फिर्ता

काठमाडौं । ललितपुरको पाटनबाट सन् १९८५ मा हराएको प्राचीन मूर्ति बेलायतबाट नेपाल सरकारलाई फिर्ता गरिएको छ । ११औं शताब्दिको उक्त सूर्य मूर्ति लायतले नेपाललाई यही बिहीबार फिर्ता गरेको बेलायतस्थित नेपाली दूतावासले जनाएको छ ।

लण्डनस्थित नेपाली दूतावासले विज्ञप्ति जारी गर्दै उक्त कलाकृति ७९ सेन्टिमिटर उचाइ, १५ सेन्टिमिटर चौडाइ र ४१ किलोग्राम तौल रहेको जनाएको छ । दूतावासले जारी गरेको विज्ञप्ति अनुसार उक्त मूर्ति बेलायती निजी संकलकले दूतावासलाई हस्तान्तरण गरेका थिए ।

यस्तै उक्त मूर्ति नेपाल सरकारको पूरातत्व विभागमार्फत् यसको वास्तविक स्थानमै पठाइने पनि बताइएको छ । दूतावासले जारी गरेको विज्ञप्तिमा सांस्कृतिक कलाकृति फिर्ता गरिनुले हराएको सांस्कृतिक वस्तुको पुनस्स्थापनाका लागि नेपालको प्रयासमा सकारात्मक योगदान पुर्‍याएको उल्लेख छ ।

 

 

प्रकाशित मिति : २०८० साउन ६ गते शनिवार
प्रतिक्रिया दिनुहोस