२०८१ असोज ३ गते बिहिवार | 2024 September 19th Thursday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

आफूविरुद्ध ‘साइबर क्राइम’ पुष्टि गर्न गृहमन्त्रीलाई प्रेस चौतारी अध्यक्ष बस्नेतको चुनौती

काठमाडौं । प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेतले आफूले गृह मन्त्रालय नेतृत्वमाथि प्रश्न उठाउँदा गृहमन्त्री नारायणकाजी श्रेष्ठले आफूविरुद्ध साइबर अपराधको मुद्दा लगाएर थुन्न प्रहरीलाई निर्देशन दिएको आरोप लगाउनुभएको छ ।

बस्नेतले भ्रामक प्रचार गरेको भन्दै गृहमन्त्रीका प्रेस सल्लाहकार कमल गिरीले साइबर ब्युरोमा उजुरी दिएलगत्तै बस्नेतले वक्तव्य जारी गर्दै गृहमन्त्रीले दिनभर आफूविरुद्ध पक्राउको समाचार लेखाएर प्रहरीलाई साइबर क्राइम लगाउन आदेश दिएको दाबी गर्नुभएको हो ।

बस्नेतले वक्तव्यमा भन्नुभएको छ, ‘माथिल्लो तहको संलग्नताविना विमानस्थलबाट एक क्वीन्टल सुन भित्र्याउन सम्भव छ गृहमन्त्रीज्यू ? विगतमा तपाईंले नै यसरी प्रश्न गर्ने गर्नुभएको थिएन र ? कमरेड नारायणकाजीबाट यही अपेक्षा थियो, खुशीको खबर सुनियो, दिनभर समाचार लेखाइयो, अनि प्रहरीलाई निर्देशन दिइयो, ‘साइबर क्राइम लगाऊ ।’ बस्नेतले आफ्नो फेसबुक स्टाटसका आधारमा साइबर क्राइम पुष्टि गर्न चुनौती दिनुभएको छ ।

 

प्रकाशित मिति : २०८० साउन ४ गते बिहिवार
प्रतिक्रिया दिनुहोस