२०८१ असोज ३ गते बिहिवार | 2024 September 19th Thursday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

१२ सय मेगावाट बुढीगण्डकी अघि बढ्यो, फिल्ड कार्यालय उद्घाटन गर्न प्रधानमन्त्रीले आयोजना स्थलमा

Prachanda

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आज बूढीगण्डकी जलविद्युत आयोजनाको फिल्ड कार्यालयको उद्घाटन गर्नुहुँदै छ । लामो समयको प्रतीक्षापछि बूढीगण्डकी जलविद्युत आयोजना निर्माणका लागि आवश्यक प्रक्रिया अगाडि बढ्ने भएको छ ।

फिल्ड कार्यालयको उद्घाटन गर्न प्रधानमन्त्री प्रचण्ड आज गोरखा जानुभए जानकारी प्रधानमन्त्री प्रचण्डका प्रेस संयोजक सूर्य किरण शर्माले दिनुभयो । आयोजनाको वातावरण मुआब्जा वितरण, पुनर्वास तथा पुनर्स्थापना इकाई रहेको गोरखाको सिउरेनीटारमा सो आयोजनाको फिल्ड कार्यालय प्रधानमन्त्रीले आज उद्घाटन गर्न लाग्नुभएको हो ।

उद्घाटन कार्यक्रममा धादिङ र गोरखाका स्थानीय जनप्रतिनिधि तथा सरोकारवालाई निमन्त्रण गरिएको छ । कुल एक हजार दुई सय मेगावाट क्षमताको सो आयोजना निर्माणका लागि सरकारले बूढीगण्डकी जलविद्युत कम्पनी स्थापना गरिसकेको छ । काठमाडौंस्थित कम्पनीको प्रधान कार्यालय गत असार ३१ गते ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले उद्घाटन गरिसक्नुभएको छ ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । रोचक, खोजमुलक, ब्रेकिङ्ग न्यूज हेर्नका लागि यो च्यानल Subscribe गर्नुहोला । सबै नि:शुल्क छ । अहिले नै गर्नुहोला ।

प्रकाशित मिति : २०८० साउन ३ गते बुधवार
प्रतिक्रिया दिनुहोस