२०८१ असोज ३ गते बिहिवार | 2024 September 19th Thursday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

बालुवाटार पुगेर विप्लवले दिए प्रधानमन्त्रीलाई समवेदना

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव नेत्रविक्रम चन्द विप्लवले पत्नी शोकमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेट्नुभएको छ ।

आज बिहान बालुवाटर पुगेर नेकपाका महासचिव विप्लवसहित नेता प्रकाण्डलगायत नेताहरूले प्रधानमन्त्री प्रचण्ड र उहाँको परिवारलाई समवेदन प्रकट गर्नुभएको हो ।

भेटका क्रममा विप्लवसहितका नेताहरूले मृतक सीता दाहालप्रति श्रद्धाञ्जली अर्पण गर्दै प्रचण्डसहित छोरी रेणु र गंगालाई समवेदना व्यक्त गर्नुभयो । प्रधानमन्त्री पत्नी सीता दाहालको केही दिनअघि निधन भएको थियो ।

 

प्रकाशित मिति : २०८० असार ३० गते शनिवार
प्रतिक्रिया दिनुहोस