२०८१ असोज ३ गते बिहिवार | 2024 September 19th Thursday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

कोशी प्रदेशको सरकार भङ्ग गर्न एमालेको माग

काठमाडौं । नेकपा (एमाले) ले कोशी प्रदेश सरकार भङ्ग गर्न माग गरेको छ । एमाले केन्द्रीय सचिवालयको आज बसेको बैठकले कोशी प्रदेशमा असंवैधानिक तरिकाले सरकार गठन भएको भन्दै संविधानसम्मत् सरकार गठनको प्रक्रिया अगाडि बढाउन माग गरेको हो ।

बैठकले पारित गरेको समसामयिक प्रस्तावमा तटस्थ बस्नु पर्ने सभामुखको हस्ताक्षरमा बनेको उद्धव थापा नेतृत्वको सरकार भङ्ग गर्नुपर्ने उल्लेख छ । कोशी प्रदेशमा सरकार गठनका लागि ४७ जनाको समर्थन आवश्यक पर्नेमा ४६ जना मात्रै पुगेपछि सभामुखको समेत हस्ताक्षरमा नेपाली कांग्रेस संसदीय दलका नेता उद्धव थापा मुख्यमन्त्रीमा नियुक्त हुनुभएको थियो ।

एमालेले पारित गरेको ६ बुँदे समसामयिक प्रस्तावमा कोशी सरकार भङ्गसहित पशु चौपायामा लागेको लम्की स्किन रोग नियन्त्रण तथा पशुपालकलाई राहत र मिटरब्याजसम्बन्धी विधेयक अघि बढाउनुपर्ने उल्लेख छ।

यस्तै, एमालेले विश्वविद्यालयहरुमा सत्तापक्षीय दलका भ्रातृ सङ्गठनहरुले गरिरहेको हस्तक्षेप रोक्नु पर्ने, मौसमजन्य विपदमा परेकाहरुको उद्धार तथा राहतमा तदारुकता देखाउनुपर्ने, स्वायत्त र गैरराजनीतिक संस्थाहरुमा हस्तक्षेप रोक्नुपर्ने लगायतका विषयमा सरकारको ध्यानाकर्षण गराएको छ ।

प्रकाशित मिति : २०८० असार ३० गते शनिवार
प्रतिक्रिया दिनुहोस