२०८१ असोज ३ गते बिहिवार | 2024 September 19th Thursday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

एमाले नेताहरु सवार गाडी पल्टियो

जनकपुरधाम । सप्तरीमा नेकपा एमालेका नेताहरु सवार गाडी दुर्घटनामा परेको छ । गाडी पल्टेपछि पाँच नेता घाइते हुनुभएको छ ।

प्रहरीका अनुसार एमाले जिल्ला कमिटी सदस्यहरू किरण पन्थ, हरिहर बस्नेत, भुवन केसी, सुनिता कटुवाल र बच्चुलाल चौधरी कार दुर्घटनामा घाइते हुनुभएको छ । उहाँहरुलाई उपचारका लागि राजविराज लगिएको छ । एमाले जिल्ला कमिटीको बैठकका लागि उनीहरु राजविराजतर्फ गइरहेको बेला नम्वर नखुलेको कार दुर्घटनामा परेको बताइएको छ । दुर्घटनाको कारण खुल्न सकेको छैन ।

 

प्रकाशित मिति : २०८० असार २९ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस