२०८१ असोज ३ गते बिहिवार | 2024 September 19th Thursday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

लगातारको ठूलो वर्षाका कारण भारतको नयाँदिल्ली जलमग्न, यमुना नदीमा जलसतह ४५ वर्षयताकै उच्च

नयाँदिल्ली । लगातारको वर्षाका कारण भारतको राजधानी दिल्ली जलमग्न भएको छ । यमुना नदीमा पानीको सतह ज्यादै बढ्दा धेरै ठाउँमा डुबान भएको छ ।

दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले यमुना नदीमा जलसतह ४५ वर्षयताकै उच्च भएको बताएका बीबीसीले जनाएको छ । उहाँका अनुसार नदीमा अझै पानीको सतह बढिरहेको छ । भारतीय सञ्चार माध्यमका अनुसार हिजो यमुना नदीमा पानीको सतह २ सय ८ दशमलव ०८ मिटर मापन गरिएको छ । यो भनेको खतराको बिन्दुभन्दा झण्डै दुई मिटर धेरै हो ।

सन् २०१३ मा २ सय ७ दशमलव ३३ मिटर मापन गरिएको थियो । सन् १९७८ मा २ सय ७ दशमलव ४९ मिटर मापन गरिएको थियो । बाढीको खतरालाई मध्यनजर गर्दै दिल्ली सरकारले होचा क्षेत्र खाली गर्न चेतावनी जारी गरेको छ ।

हरियाणाको हथिनीकुथ बाँधबाट निरन्तर पानी छोडिएकाले दिल्लीमा बाढी आएको हो । बाढीको पानी सडक र वस्ती क्षेत्रमा पस्दा सहर पूरै जलमग्न भएको छ । बाढीको खतरालाई मध्यनजर गर्दै दिल्ली सरकारले होचा क्षेत्र खाली गर्न चेतावनी जारी गरेको छ । नदी आसपासका झण्डै तीन हजार जनालाई सुरक्षित ठाउँमा सारिएको छ ।

प्रकाशित मिति : २०८० असार २८ गते बिहिवार
प्रतिक्रिया दिनुहोस