२०८१ भाद्र २३ गते आइतवार | 2024 September 8th Sunday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

झाडापखाला लाग्दापनि उपचार गर्न भारत जाने राष्ट्रपतिका लागि अनेरास्ववियुले सहयोग संकलन थाल्यो

ANNFSU started collecting support for the president health treatment

काठमाडौं । नेपालका साधारण अस्पतालमा समेत उपचार हुन सक्ने सामान्य रोग लाग्दा समेत भारत उपचारका लागि दौडिएको भन्दै राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य उपचारका निम्ति अनेरास्ववियुले सहयोग संकलन थालेको छ । राज्यको ढुकुटी रित्याउने भए बरु जनताले सहयोग गरौं भन्दै विरोध स्वरुप नेकपा एमालेको भातृ संगठन अनेरास्ववियु नेपाल कमर्श क्याम्पस कमिटी ले एक व्यक्तिबाट रु १ सहयोग संकलन सुरु गरेको हो । दानपेटीका नै खडा गरेर एक रुपैयाँ कलेक्शन थालिएको छ अनेरास्ववियुका नेताहरुले बताउनुभयो ।

यसअघि राष्ट्रपति रामचन्द्र पौडेलले भारतमा गराएको स्वास्थ्योपचारको खर्चबापतको ५५ लाख रुपैयाँ सरकारले नै बेहोर्ने निर्णय गरेको छ । राष्ट्रपतिले बिल भरपाई सहित खर्च दिन सरकारलाई पत्र लेखेपछि सरकारले निर्णय गरेको बुझिएको छ । त्यसपछि आम नागरिकले सर्वत्र विरोध गरिरहेका छन् । यसअघि सस्तो लोकप्रियता कमाउन भारतमा राष्ट्रपतिले आफ्नै रकमबाट उपचार गर्ने भन्दै राष्ट्रपतिको सचिवालयमा कार्यरतले प्रचार गरेका थिए ।

प्रकाशित मिति : २०८० असार २२ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस