२०८१ भाद्र २३ गते आइतवार | 2024 September 8th Sunday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

विद्यार्थी गुरूको ढाड खुस्क्याउँछ, सरकार मुद्दा फिर्ता लिन्छ : केपी शर्मा ओली

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सभ्यता बसाल्ने देशले प्रोफेसर कुट्ने विद्यार्थीको मुद्दा फिर्ता लिनु दुःखद् भएको टिप्पणी गर्नुभएको छ ।

मदन भण्डारी कलेको वार्षिकोत्सवका सन्दर्भमा बिहीबार काठमाडौंमा बोल्दै उहाँले प्रोफेसर कुट्न किन पाइँदैन ? मज्जाले पाइन्छ भन्दै मुद्दा फिर्ता लिनु विडम्बनापूर्ण भएको बताउनुभएको हो ।

‘बडा दुःखद् कुरा हो, हाम्रोजस्तो सभ्यता बसाल्ने देश, गुरू देवो भवः भन्ने देश, गुरूको ढाड खुस्क्याउँछ, टाउको फुटाउँछ, करङ भाँच्दिन्छ, बहादुरी देखाउँछ। त्यस्ताहरूलाई प्रोत्साहन दिएर सरकार मुद्दा फिर्ता दिन्छ। प्रोफेसर कुट्न किन पाइँदैन ? मज्जाले पाइन्छ भनेर,’ उहाँले भन्नुभयो, ‘गुरू हाम्रो खालको होइन रहेछ, विद्यार्थी हाम्रो खालको रहेछ, हाम्रो खालको मास्टर पड्काउन पाइन्छ भन्छ सरकार। मुद्दा फिर्ता लिन्छ।’

उहाँले त्यस्ता विद्यार्थी नाममात्र भएको बताउनुभयो । ‘नाम विद्यार्थीको हुन्छ, ती सडकका औजारहरू हुन्छन्। यस्तो संस्कृतिबाट हामी जोगिनुपर्छ। विद्या ददाती विनयम् भएकाले यसले विनम्रता दिन्छ। सुपात्रता दिन्छ,’ उहाँले भन्नुभयो ।

प्रकाशित मिति : २०८० असार १४ गते बिहिवार
प्रतिक्रिया दिनुहोस