२०८१ भाद्र २३ गते आइतवार | 2024 September 8th Sunday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

चट्याङ लागेर ४५ भेडा मरे

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ फुर्केरुख खर्कमा चट्याङ लागेर ४५ भेडा मरेका छन् ।

अन्नपूर्ण–३ ठाडाका छकबहादुर पुनको गोठमा चट्याङ परेर भेडा मरेका हुन् । अन्नपूर्ण गाउँपालिकाको पशु सेवा शाखाका प्राविधिक प्रकाश जिसीले आज बिहान १ बजेतिर परेको चट्याङले लागेर ४५ भेडा मरेका जानकारी दिनुभयो ।

‘बिहानै कृषकले ४५ भेडा मरेको जानकारी गराएपछि हामीहरु घटनास्थलतर्फ जाने तयारीमा छौँ,’ उहाँले भन्नुभयो, ‘चरनका लागि लेकमा लगेका भेडा खर्कमा बास बसेको ठाउँमा चट्याङ पर्दा गोठाला पनि सामान्य घाइते भएका छन् ।’

गाउँपालिकाका जनप्रतिनिधि, प्रहरी र जनप्रतिनिधिको टोली घटनास्थलतर्फ गएको छ । घटनास्थलतर्फ जाँदै गरेका अन्नपूर्ण गाउँपालिका–४ का वडासदस्य श्याम पुर्जाले चट्याङ लाखौँको पशुधनको क्षति भएको जनाए । रु ११ लाखभन्दा बढीको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ ।

प्रकाशित मिति : २०८० असार ९ गते शनिवार
प्रतिक्रिया दिनुहोस