२०८१ असोज ३ गते बिहिवार | 2024 September 19th Thursday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

भारतले दिने मुर्रा राँगोबाट नेपालले वार्षिक एक लाख भैंसीलाई गर्भवती गराउने

काठमाडौं । भारत सरकारले निःशुल्क दिने उच्च प्रजनन क्षमताको मुर्रा राँगोबारे सामाजिक सञ्जालमा अत्यधिक ट्रोल भएपछि कृषि तथा पशुपन्छी विकास मन्त्रालयले प्रस्टीकरण दिएको छ । मुर्रा राँगो उच्च प्रजनन क्षमताको हुने र नस्ल सुधारमा सहयोग हुने मन्त्रालयले विज्ञप्तिमार्फत स्पष्ट पारेको हो ।

मुर्रा राँगोबाट नेपालले वार्षिक कम्तिमा एक लाख भैंसीमा गर्भधारण गर्ने लक्ष्य लिइएको विज्ञप्तिमा उल्लेख छ । १५ वटा मुर्रा राँगोबाट ३ वर्षपछि वार्षिक डेढ लाख डोज बीर्य प्राप्त गर्न सकिने मन्त्रालयले जनाएको छ । यसले दूध उत्पादनमा उल्लेख्य सुधार हुने मन्त्रालयले जनाएको छ । नेपालले सन् २०१८ मै भारतलाई ३० वटा मुर्रा राँगो उपलब्ध गराउन अनुरोध गरेको थियो ।

नेपाल भारत संयुक्त कृषि प्राविधिक कार्य समूहको बैठकमा उक्त अनुरोध भएपनि प्रधानमन्त्री पुष्पकमल दाहालको हालै भएको औपचारिक भ्रमणका क्रममा भारत सरकार त्यसका लागि तयार भएको हो । भारतको हरियाणा र पन्जाबमा उत्पत्ति भएको मानिने यो राँगो रोग क्षमता उच्च भएको र भैँसी उच्च दुध दिन सक्ने क्षमताको भएको बताइन्छ ।

मुर्रा भैँसीले सामान्यतया दैनिक १० देखि १६ लिटरसम्म दुध दिने भारतको चर्चित भारथी डेरी फार्मले उल्लेख गरेको छ । उक्त फार्मका अनुसार यो भैँसीको मुल्य भारतमा ६० हजारदेखि १ लाख ३० हजार रुपैयाँसम्म पर्छ ।

 

प्रकाशित मिति : २०८० जेष्ठ २१ गते आइतवार
प्रतिक्रिया दिनुहोस