२०८१ पुष ७ गते आइतवार | 2024 December 22nd Sunday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

रबि लामिछाने माथी १ अर्ब ५१ करोड बिगो मागसहित आज मुद्धा दर्ता हुदैँ, हिरासत मुक्त हुने सम्भावना कति ?

काठमाडौँ । पूर्व गृह मन्त्री रबि लामिछाने विरुद्ध आज मुद्धा दर्ता गरिँदैछ । सहकारी ठगी प्रकरणमा जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापतिसमेत रहेका लामिछाने विरुद्ध आज मुद्दा दर्ता गरिन लागिएको हो ।

जिल्ला प्रहरी कार्यालयले गत पुस १ गते उनी माथी छानबिन सकिएको भन्दै सरकारी वकिलको कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाएको थियो । सो प्रतिवेदनमा लामिछाने, गोर्खा मिडिया प्रालिका पूर्व सञ्चालक छविलाल जोशी लगायतविरुद्ध १ अर्ब ५१ करोड बिगो मागदाबी गर्नुपर्ने प्रहरीको राय सरकारी वकिलको कार्यालयमा पुगेको छ ।

सहकारी ठगीमा लामिछाने माथीको अनुसन्धान सकिए पनि प्रतिवेदन अध्ययनको काम भइरहेको भन्दै गत पुस १ गतेदेखि चार दिनको म्याद अदालतले थपेको थियो । चार दिनको म्याद गत शुक्रबार सकिए पन शनिबार सार्वजनिक बिदा भएकाले आइतबार मात्रै अदालतमा मुद्दा दर्ता गर्न लागिएको हो । कानून बमोजिम ९० दिनभित्र अभियोजन गरिसक्नुपर्ने भएकाले अभियोजन गर्न आइतबारसम्म समयसीमा भएकाले आजै मुद्धा दर्ता गर्न लागिएको कास्की प्रहरीले जानकारी दिएको छ ।

यसपछि अदालतमा थुनछेक बहस हुन्छ । बाँकी पछि अन्तिम फैसला आए बमोजिम हुनेगरी इजलासले रबिलाई र्पुपक्षका लागि न्यायीक हिरासतमा राख्ने वा अन्य सर्तमा छोडिदिने भनेर आदेश गर्नेछ । क्रिकेटर सन्दीप लामिछानेको नजीर हेर्ने हो भने उनी भाग्नसक्ने सम्भावना कम भएका व्यक्तिमा पर्ने भएकाले हिरासतमा नराखि अन्य सर्तमा पठाइदिन सक्छ ।

 

 

प्रकाशित मिति : २०८१ पुष ७ गते आइतवार
प्रतिक्रिया दिनुहोस