७ पौष , काठमाण्डौँ । काठमाडौँमा आइतबारदेखि सञ्चार र मिडियासम्बन्धी सम्मेलन २०२४ सुरु हुँदैछ ।
त्रिभुवन विश्वविद्यालय पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभाग र सेन्टर फर मिडिया रिसर्च नेपालको आयोजनामा दुई दिने सम्मेलन हुन लागेको हो। सम्मेलन विभागको क्यामेरा भवन बल्खुमा हुनेछ ।
सम्मेलनमा पत्रकारिता, मिडिया र सञ्चारसँग सम्बन्धित एक दर्जनभन्दा बढी अनुसन्धान प्रस्तुत हुने विभागले जनाएको छ । विभागका प्रमुख डा कुन्दन अर्यालले पत्रकारिता र सञ्चार क्षेत्रमा अध्ययन तथा अनुसन्धानलाई प्रोत्साहन, सञ्चार र पत्रकारिता क्षेत्रका विविध विषयमा संवाद संस्कृतिको विकास, नयाँ नयाँ प्रविधिले ल्याएका अवसरको सदुपयोग र चुनौतीलाई सामना गर्न सहयोग पुर्याउने उद्देश्यले सम्मेलन आयोजना गर्न लागिएको जानकारी दिए ।