२०८१ पुष ५ गते शुक्रवार | 2024 December 20th Friday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

‘अहिलेको न्यायपालिका पारदर्शी छ, हरेक सुनुवाई खुला छन्’: प्रधानन्यायाधीश राउत

५ पौष , काठमाडौँ । प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले अहिलेको न्यायपालिका पारदर्शी रहेको बताएका छन् ।

ललितपुरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो दाबी गरेका हुन् । उनले अहिलेको न्यायपालिका ट्रान्सपरेन्स रहेको भन्दै पारदर्शी नभएको कुरा कसैले भने आफ्नो गम्भीर आपत्ति हुने बताए । उनले अहिले खुला अदालतको रुपमा सुनुवाई भइरहेको बताए ।

अदालतप्रति अहिले कसैले पनि संशय गर्ने ठाउँ नरहेको उनले जिकिर गरेका छन् । उनले निष्पक्षता न्यायपालिकाको प्राण भएको उल्लेख गर्दै त्यसको अधिकतम र प्रचुर प्रयोग गर्नुपर्ने बताए । साथै न्यायपालिकाप्रति संशय हुनेगरी कहिले पनि काम नगर्ने उनले प्रतिवद्धता जनाए ।

प्रकाशित मिति : २०८१ पुष ५ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस