२०८१ पुष ४ गते बिहिवार | 2024 December 19th Thursday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

आजको मौसम पूर्वानुमान : देशका पहाडी भू–भागमा आंशिक बदली, अन्य स्थानमा सफा रहने

४ पौष, काठमाण्डौँ । पश्चिमी वायुको सामान्य प्रभाव रहँदा आज बिहान कोसी प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिक बदली रहेको छ । बाँकी भू–भागमा मौसम मुख्यतया सफा छ । तराई तथा उपत्यकाका केही स्थानमा हुस्सु र थोरै स्थानमा कुहिरो लागेको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो कोसी र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रहनेछ । बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ । विभागले राति कोशी, गण्डकी र कर्णाली प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रहने बताएको छ । बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ ।

प्रकाशित मिति : २०८१ पुष ४ गते बिहिवार
प्रतिक्रिया दिनुहोस