२०८१ पुष ३ गते बुधवार | 2024 December 18th Wednesday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

रवि लामिछाने र श्रीमती निकिता पौडेलको बैंक खातामा २९ करोड !

काठमाडौँ । रवि लामिछाने र श्रीमती निकिता पौडेलको बैंक खातामा ‘अस्वाभाविक कारोबार’ भएको प्रहरीको दाबी छ । दम्पतीका नाममा सञ्चालनमा रहेका १७ वटा बैंक खाताबाट सन् २०१६ यता २९ करोडको कारोबार भएको छ । रविका ३, निकिताका १३ र एक संयुक्त बैंक खाता जाँच गर्दा यो अवधिमा २८ करोड ९१ लाख जम्मा गरिएको र २९ करोड ७ लाख झिकिएको विवरण अनुसन्धान प्रतिवेदनमा छ ।

सबैभन्दा धेरै कारोबार लामिछानेका नाममा ग्लोबल आईएमई बैंकमा रहेको बैंक खाताबाट गरिएको छ । उक्त ३०–७०१०००–––३ नम्बरको खातामा सन् २०१६ डिसेम्बर ११ देखि २०२४ अक्टोबर १६ सम्म ८ करोड २६ लाख जम्मा गरिएको छ भने लगभग सबै रकम झिकिएको छ । त्यस्तै, लामिछाने र पौडेलका नाममा नेपाल बैंकमा रहेको ०६–४००१०––– –––०००–०१ नम्बरको संयुक्त खातामा ४ करोड १३ लाख ४३ हजार रुपैयाँको कारोबार भएको छ ।

निकिताको सिद्धार्थ बैंकमा रहेको ०२–४१५–––––१ नम्बरको खातामा चार वर्षमा ६ करोड ५७ लाख कारोबार भएको छ । यो कारोबार २०१८ सेप्टेम्बर १३ देखि २०२२ सेप्टेम्बर १ सम्मको हो । नेपाल इन्भेस्टमेन्ट मेगा बैंकमा निकिताका नाममा एउटा डलर खातासहित कुल तीन खाता रहेको प्रहरी प्रतिवेदनमा उल्लेख छ । खाता नम्बर १०–१०१ ––– –––१ मा सन् २०१६ सेप्टेम्बर २६ देखि २०२४ जुलाई १५ सम्म तीन करोड ७७ लाखको कारोबार भएको छ ।

त्यस्तै, सोही बैंकको अर्को खाता २०–––३९०–––१–४९ मा २०२३ मे १४ देखि २०२४ नोभेम्बर २५ सम्म १ करोड ५ लाखको कारोबार भएको छ । उनकै ग्लोबल आईएमईको खाता नम्बर १३–५० –––००–––२६ मा २ करोड २९ लाख र नेपाल बैंक लिमिटेडको खातामा २ करोड ३२ लाख रुपैयाँ जम्मा भएको छ । यति ठूलो कारोबार भए पनि पछिल्लो समय उनीहरूका सबै खातामा गरेर कुल ७ लाख ७४ हजार रुपैयाँ मात्र मौज्दात राखिएको छ ।

प्रकाशित मिति : २०८१ पुष २ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस