२०८१ पुष १ गते सोमवार | 2024 December 16th Monday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

पूर्वमेयरको निधनमा काठमाडौं महानगरपालिकामा शोक बिदा

१ पुस, काठमाडौं । पूर्वमेयर पीएल सिंहको निधनको शोकमा काठमाडौं महानगरपालिकाले आज शोक बिदा दिएको छ । काठमाडौं महानगरपालिका र मातहतका कार्यालयहरुमा अत्यावश्यक बाहेकका सबै सेवा बन्द हुने गरी आज शोक बिदा दिइएको हो ।

पीएल सिंह २०४९ सालमा तत्कालीन काठमाडौं नगरपालिकाको मेयर निर्वाचित भएका थिए । उनको समेत पहलमा काठमाडौं नगरपालिकालाई २०५२ साल मंसिर २९ गते महानगरपालिका घोषणा गरिएको थियो । सिंहको ८८ वर्षको उमेरमा गएराति १ बजे निधन भएको थियो । उनको निधन ठमेलको चाक्सीबारीस्थित उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहको निवासमा भएको थियो ।

उनले सर्वमान्य नेता गणेशमान सिंहको प्रमुख सहयोगी भएर काम गरेका थिए । उनको पार्थिव शरीरलाई आज बिहान ११ बजेसम्म चाक्सीबारीमा श्रद्धाञ्जलीका लागि राखिएको छ । त्यपछि दिउँसो १२ बजेदेखि २ बजेसम्म कांग्रेस केन्द्रीय कार्यालय सानेपामा अन्तिम श्रद्धाञ्जलीका लागि राखिने छ । उनको आजै कंकेश्वरी मन्दिरनेर रहेको लख तीर्थमा अन्त्येष्टि गरिने छ ।

प्रकाशित मिति : २०८१ पुष १ गते सोमवार
प्रतिक्रिया दिनुहोस