२०८१ मङ्सिर ३० गते आइतवार | 2024 December 15th Sunday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

सहकारी प्रकरणमा रविबारे प्रचण्डको टिप्पणी दुर्भाग्यपूर्ण : गृहमन्त्री लेखक

चितवन । गृहमन्त्री रमेश लेखकले पूर्वप्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सहकारी ठगी मुद्दामा पक्राउ परेका रवि लामिछाने माथि गरेको पछिल्लो टिप्पणी दुर्भाग्यपूर्ण भएको बताएका छन् । चितवनको भरतपुरमा नेपाल प्रेस युनियनले गरेको पत्रकार सम्मेलनमा गृहमन्त्री लेखकले प्रचण्डको टिप्पणी अदालत र देशको कानूनलाई प्रभावित बनाउने खालको भएको बताए ।

सरकारले कसैमाथि पनि प्रतिशोधपूर्ण व्यवहार नगरेको दाबी गर्दै गृहमन्त्री लेखकले कानूनले तोकेको समयभन्दा बढी कसैलाई पनि थुनामा नराखेको र अदालतले दिएको समयभित्र अनुसन्धान गरी अदालतमा नै पेस गरेको बताए ।

प्रकाशित मिति : २०८१ मङ्सिर ३० गते आइतवार
प्रतिक्रिया दिनुहोस