२०८१ मङ्सिर ३० गते आइतवार | 2024 December 15th Sunday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

नेपालबाटै हुनेछ अब टिकटक मनिटाइजेसन, यस्तो छ तयारी

काठमाडौं । भिडिओ सेयरिङ प्लेटफर्म टिकटकले नेपालमा मनिटाइजेसन फिचर सुरू गर्ने तयारी थालेको छ । हाल अमेरिका, जर्मनी, युके, फ्रान्स, इटली स्पेन लयायतका देशमा टिकटक मनिटाइजेसन फिचर उपलब्ध भए पनि दक्षिण एसियाका कुनै पनि देशमा यो फिचर उपलब्ध छैन। तर नेपालमा विस्तारै दक्षिण एसियामा टिकटक मनिटाइजेसन फिचर उपलब्ध गराउन, त्यसको सम्भावना र अन्य भित्री विषयमा छलफल भइरहेको दक्षिण एसियामा बाइटडान्सका ग्लोबल कम्युनिकेसन प्रतिनिधि इमाद जफरले पत्रकार सम्मेलन गरेर बताए।

ुहालका लागि लाइभमा मात्र उक्त सुविधा प्रदान गरिएको छ, भिडिओ नै मनिटाइजेसन गर्ने फिचर दक्षिण एसियामा उपलब्ध गराउन कालान्तरमा कत्तिको सम्भावना छ भनेर छलफल भइरहेको छ, जफरले भने। यस्तै दीर्घकालीन रूपमा प्रयोगकर्तालाई मनिटाइजेसन फिचर उपलब्ध गराएपछि पैसा दिन सक्छौं कि सक्दैनौं लगायतका आयमबारे पनि थप अध्ययन गरेर हेर्न बाँकी भएको उनको भनाइ छ।

ुमनिटाइजेसनको कुरा नै नभएको भने होइन। विस्तारै यो फिचर नेपालमा पनि आउने सम्भावना छ। तर मिति नै भने तोक्न सकिने अवस्थामा छैनौं, उनले भने। यस्तै टिकटकले १३ देखि १८ वर्षका प्रयोगकर्ताका लागि ब्युटी र बडी फिल्टरमा प्रतिबन्ध लगाउने बताएको छ।

शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा जफरले उक्त बालबालिकाहरूको समूहले ब्युटी फिल्टर प्रयोग गर्दा नकारात्मक असर पर्न सक्ने बताए। त्यसैलाई मध्यनजरमा राखेर ब्युटी र बडी फिल्टरमा प्रतिबन्ध गर्नका लागि काम भइरहेको उनको भनाइ छ।

ुयो उमेरका किशोरकिशोरीले फिल्टरको प्रयोग गर्दा उनीहरू मानसिक असर र स्वास्थ्यबारे जानकार हुँदैनन्। त्यही भएर विस्तारै उनीहरूले यो सुविधा प्रयोग गर्न पाउने छैनन्, उनले भने। उनकाअनुसार बालबच्चा तथा किशोरकिशोरीको मानसिक स्वास्थ्यलाई केन्द्रमा राखेर उक्त नीति ल्याउनका लागि गृहकार्य भइरहेको छ।

सरकारले फेसबुक, टिकटकजस्ता सामाजिक सञ्जाल सूचीकृत नगरे बन्द गर्ने निर्देशिका मन्त्रिपरिषदबाट पारित गरेको थियो। सूचना जारी गरेको तीन महिनाभित्र सूचीकृत हुनुपर्ने व्यवस्था पनि गरेको थियो। जसअनुसार २०८० कात्तिक २७ मा बसेको तत्कालीन मन्त्रिपरिषद बैठकले नेपालमा टिकटक प्रतिबन्ध लगाएको थियो। तर २०८१ भदौ ६ गते बसेको प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको मन्त्रिपरिषद बैठकले टिकटक माथिको प्रतिबन्ध हटाउने निर्णय गरेको थियो।

त्यसपछि कात्तिक २१ गते टिकटक आधिकारिक रूपमा दर्ता भएको थियो। टिकटकले नेपाल सरकारले राखेको सबै सर्तहरू र निर्देशिकाले व्यवस्था गरेका विषयमा सहमति जनाएको थियो। सोहीबमोजिम दर्ता प्रक्रिया पूरा भएपछि नेपालमाथि टिकटक प्रतिबन्ध फुकुवा भएको हो।

टिकटकले नेपालको पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने सामग्रीमा सहयोग गर्ने, डिजिटल साक्षरताका विषयमा सहयोग गर्ने लगायतका नेपाल सरकारले तोकेका सर्तहरू पनि पूरा गर्नुपर्ने जनाएको थियो। अघिल्लो सरकारले टिकटकमाथि लगाएको प्रतिबन्धबारे नेपाली कांग्रेस, रास्वपा, राप्रपा लगायतका दल र सरोकारवाला व्यक्तिहरूले विरोध जनाएका थिए। टिकटकले नेपालको नीति नियममा बसेर सञ्चालन गर्न तयार हुँदाहुँदै पनि प्रतिबन्ध लगाइएको भन्दै उनीहरूले आपत्ति जनाएका थिए।

प्रकाशित मिति : २०८१ मङ्सिर ३० गते आइतवार
प्रतिक्रिया दिनुहोस