१९ मंसिर, काठमाडौँ । नेपाल सरकार र चीन सरकार बीचको बेल्ट एवं रोड बीआरआई सहकार्यको फ्रेमवर्कमा हस्ताक्षर भएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीको औपचारिक चीन भ्रमणको क्रममा आज बेइजिङमा दुई देशबीच बीआरआई सहकार्यको फ्रेमवर्कमा हस्ताक्षर भएको हो ।
प्रधानमन्त्री ओलीको भ्रमणको क्रममा बीआरआईबारे हस्ताक्षर नहुने चर्चा चलिरहेको बेलामा आज सहकार्यको फ्रेमवर्कमा हस्ताक्षर भएको हो। बीआरआईमा नेपालले चीनसँग ऋण भन्दापनि अनुदानमा पहल गर्ने कांग्रेस र एमालेबीच समझदारी भएको थियो ।