२०८१ मङ्सिर १९ गते बुधवार | 2024 December 4th Wednesday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

काठमाडौंले बनायो १० ओभरमा ५२ रन

काठामडौं । नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गत बुधबार भएको पहिलो खेलमा काठमाडौंले १० ओभरमा ५२ रन बनाएको छ।

टस जितेको काठमाडौंले कर्णालीले दिएको १५० विजयी लक्ष्य पछ्याएको काठमाडौंले पावरप्लेमा २ विकेट गुमाउँदै ३७ रन बनाएको थियो।

पावरप्ले पश्चात काठमाडौंले २ विकेट गुमाउँदै  १५ रन थप्यो। पहिलो विकेटका रुपमा शंकर रानालाई ६ रनमा रन आउटको रूपमा गुमायो। उनले ७ बलमा १ चौका प्रहार गरेका थिए। दोस्रो विकेटका रुपमा स्टेफेन इस्किनाजी ३ रनमा नन्दन यादवबाट एलबीडब्ल्यु आउट भए।

६.४ ओभरमा माइकल लेभिटलाई २२ रनमा विपिन शर्माले नन्दन यादवको हातबाट क्याच गराए। उनले १९ बलमा २ चौका र १ छक्का प्रहार गरे। भीम भने ९ बलमा जिसन मक्सुदको बलमा शिखर धवनले स्लिपमा क्याच आउट गरेका हुन्। हालः क्रिजमा गेरहार्ड इरास्मस र सुमित महर्जन खेलिरहेका छन्।

प्रकाशित मिति : २०८१ मङ्सिर १९ गते बुधवार
प्रतिक्रिया दिनुहोस