काठमाडौं । ऊर्जामन्त्री दीपक खड्काले नेपाल विद्युत् प्राधिकरणको केन्द्रीय कार्यालय रत्नपार्कमा आफ्नो कार्यकक्ष बनाउन थालेका छन् ।
मंगलबार ऊर्जा मन्त्रालयका कर्मचारी गएर प्राधिकरणमा कोठाको निरीक्षण गरेका थिए ।
लगत्तै बेलुकाबाट मन्त्रीको कार्यकक्ष बनाउन थालिएको हो । यसअघि मन्त्रीका लागि प्राधिकरणका कार्यकक्ष थिएन भने मातहतका कार्यालयका कार्यकक्ष बनाउने अभ्यास पनि कुनै मन्त्रालयका छैन ।
प्राधिकरणको ४० वर्षे इतिहासमा कुनै मन्त्रीले आफैँले कार्यकक्ष बनाएको यो पहिलो पटक हो । मन्त्रीले आफ्नो कार्यकक्ष बनाइरहेका बेला प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ माथिल्लो तामाकोसीको मर्मत सम्भारमा गएका छन् । प्राधिकरणका प्रमुखको अनुपस्थितमा मन्त्रालयका कर्मचारीले कार्यकक्ष तयार पार्न थालेका छन् ।