२०८१ मङ्सिर १९ गते बुधवार | 2024 December 4th Wednesday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

एनपीएल: चितवनले पोखरालाई दियो १६२ रनको लक्ष्य

काठमाडौं ।  नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत मंगलबारको दोस्रो खेलमा चितवन राइनोजले पोखरा एभेन्जर्सलाई १६२ रनको विजयी लक्ष्य प्रस्तुत गरेको छ।

कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभर ७ विकेट गुमाउँदै १६१ रन बनायो।

चितवन एक समय ५.२ ओभरमा ३–४६ को अवस्थामा थियो। चौथो विकेटका लागि कप्तान कुशल मल्ल र रवि बोपाराले ६८ रनको साझेदारी गरे।  रवि ५१ रन बनाउँदै क्याच आउट भए । ३८ बलमा ३ चौका र ३ छक्का प्रहार गरेका रवि रेमोन रेइफरको बलमा क्याच आउट हुन पुगे।  कप्तान मल्ल ३८ रन बनाउँदा सागर ढकालको बलमा विकेट किपर कुशल भुर्तेलको हातबाट आउट भए। मल्लले २३ बलमा १ चौका र ४ छक्का प्रहार गरे।

लुक वेनकेन्स्टाइन १६ रन बनाउँदा बास डे लिडको बलमा आउट भए। ओपनर दिपक बोहोरा २ रन बनाउँदा विपिन खत्रीको बलमा बोल्ड आउट भए। अर्का ओपनर हसन इसाखिल १४ रन बनाउँदा विपिन कै बलमा क्याच आउट भए। सोहेल तनविर गोल्डेन डकआउट भए। सन्तोष कार्की १० रन थप्दै आउट भए।  पोखराका लागि विपिन खत्री, बास डे लिड र रेमोन रेइफरले समान दुई विकेट लिए। सागर ढकालले एक विकेट झारे।

प्रकाशित मिति : २०८१ मङ्सिर १८ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस