२०८१ मङ्सिर १९ गते बुधवार | 2024 December 4th Wednesday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

लामिछानेलाई चितवन लगेसँगै उनका समर्थकहरूले गरे प्रदर्शन

काठमाडौं । सहकारी रकम अपचलनको मुद्दामा बयान लिन राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई चितवन लगेसँगै उनका समर्थकहरूले प्रदर्शन गरेका छन् ।

रविलाई चितवनबाटै रिहा गर भन्दै उनका समर्थकहरूले मंगलबार प्रदर्शन गरेका हुन् । भरतपुरको कृषि कार्यालयअगाडि जम्मा भएर रविका समर्थकहरूले नाराबाजी गरेका थिए ।

उनीहरूले रविलाई रिहा गर, राजनीतिक प्रतिशोध बन्द गर, रविलाई न्याय दे लगायका नारा लगाएका थिए ।

कृषि कार्यालयबाट प्रदर्शनकारी अघि बढ्न खोजेपछि प्रहरीले रोकेको थियो । सो क्रममा प्रहरीले सामान्य बल प्रयोग गरेको थियो ।

प्रकाशित मिति : २०८१ मङ्सिर १८ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस