काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेको सरकारी वकिल कार्यालय काठमाडौंमा आजको बयान सकिएको छ ।
जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौंमा शुक्रबार बिहानदेखि लामिछानेको बयान लिइएको थियो । दिउँसो ३ः३० बजेबाट आजका लागि बयान सकिएको हो ।
आइतबार बयानलाई निरन्तरता दिनेगरी आजका लागि बयान सकिएको बताइएको छ ।
सहकारी ठगी र संगठित अपराधमा अनुसन्धान गर्न कात्तिक २ कास्की जिल्ला अदालतको अनुमतिमा लामिछाने पक्राउ परेका हुन् ।