२०८१ मङ्सिर १५ गते शनिवार | 2024 November 30th Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

प्रसाईंका सहयोगी फुयाँलमाथि अनुसन्धान गर्न ५ दिन म्याद थप

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंका सहयोगी हरिशचन्द्र फुयाँललाई थप ५ दिन म्याद थप्न अदालतले अनुमति दिएको छ ।

जिल्ला अदालत काठमाडौंले अनुसन्धानका लागि शुक्रबार थप ५ दिन म्याद थप्न अनुमति दिएको हो ।

उनीमाथि आपराधिक लाभको मुद्दामा अनुसन्धान हुने प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोका प्रवक्ता होविन्द्र बोगटीले जानकारी दिए।

मेडिकल व्यवसायी प्रसाईं पनि अहिले प्रहरी हिरासतमै छन् ।

अहिले प्रहरीले प्रसाईंमाथि व्यवसायीहरुलाई धम्क्याएर चन्दा मागेको आरोपमा पनि अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : २०८१ मङ्सिर १४ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस