२०८१ मङ्सिर १३ गते बिहिवार | 2024 November 28th Thursday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

बाराको गढीमाई मेलामा ७ दिन ‘कृषि एक्स्पो’हुँदै

काठमाडौं । गढीमाई मेलाको अवसरमा बारामा ७ दिने ‘कृषि एक्स्पो’ हुने भएको छ ।

कनेक्ट किसानको आयोजनामा आगामी मंसिर १८ देखि २४ गतेसम्म ‘कृषि एक्स्पो गढीमाई २०८१’ आयोजना हुने भएको हो ।
५ वर्षको अन्तरालमा लाग्ने गढीमाई मेलामा सहभागी हुनेलाई र तराई क्षेत्रका कृषकलाई प्रविधि र बजारसँग जोड्ने उद्देश्यले उक्त एक्स्पो आयोजना गरिएको आयोजकले जनाएको छ ।

किसान, व्यवसायी, कृषि विज्ञ, सरकारी निकाय र कृषिसँग सरोकार राख्ने अभियान्ताको जमघट गर्ने यो मेला कनेक्ट किसानको प्रमुख आयोजनामा हुनेछ । मेला संयोजक सञ्चिता लामिछानेले एक्स्पोमा २ लाखभन्दा बढी अवलोकनकर्ताको सहभागिता र ५ करोड रुपैयाँभन्दा बढीको आर्थिक कारोबार हुने जानकारी दिइन् । आयोजकका अनुसार एक्स्पोमा १ सय ५० भन्दा बढी स्टल रहनेछन् । जहाँ कृषिमा भित्रिएको नवीनतम प्रविधि, मल, बीउ, परामर्श र अन्य आवश्यक सामग्रीहरू एकै ठाउँमा उपलब्ध हुनेछन् ।

एक्स्पोमा कुखुरापालन, माछापालन, बाख्रापालन, गाई-भैँसी पालन, डेरी खेती, केरा खेती, थोपा सिँचाई, विषादी रहित कृषि र कृषि नवीनतम औजारहरूको प्रदर्शनी गरिने छ ।

प्रकाशित मिति : २०८१ मङ्सिर १३ गते बिहिवार
प्रतिक्रिया दिनुहोस