काठमाडौं । राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गरी ध्यानाकर्षणपत्र बुझाएको छ ।
संस्थाका अध्यक्ष प्रदीपराज वन्त नेतृत्वको १३ सदस्यीय टोलीले बुधबार बालुवाटारमा प्रधामन्त्रीलाई नाै बुँदे ध्यानाकर्षणपत्र बुझाएको हो ।
ध्यानाकर्षणपत्रमा नेपालमा विभिन्न सञ्चार गृहहरूमा फोटो पत्रकारिता गर्ने फोटो पत्रकारहरूको हकहितका लागि सरकारका तर्फबाट आवश्यक सहयोग र फोटो संग्रहालयको लागि आवश्यक पहल गराइदिन प्रधानमन्त्रीको ध्यानाकर्षण गराइएको छ ।
त्यस्तै ‘फोटो पत्रकारिताको माध्यमबाट जिविकोपार्जन गर्ने सम्पूर्ण फोटोपत्रकारहरूको बिमा तथा स्वास्थ सुरक्षा, फोटो पत्रकारहरूलाई व्यावसायिक तालिम दिन वार्षिक रूपमा बजेट व्यवस्थापनमा जोड दिन ध्यानाकर्षण गराएको छ ।