२०८१ मङ्सिर १२ गते बुधवार | 2024 November 27th Wednesday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

प्रधानमन्त्री ओलीसँगै चीन भ्रमणमा ४० सदस्यीय सरकारी टोली पनि सहभागी हुने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली शर्मा ओलीको आसन्न चीन भ्रमणमा ४० सदस्यीय सरकारी टोली सहभागी हुने भएको छ ।

भ्रमणमा सरकारी टोलीका अतिरिक्त उद्योगी व्यवसायी पनि हुनेछन् । भ्रमण टोलीमा सहभागी हुने नेपाली टोलीको कूल संख्या यकिन भइसकेको छैन ।

परराष्ट्र स्रोतका अनुसार परराष्ट्रमन्त्री आरजु राणा देउवा बिहीबार चीन जानेछिन् । उनी शनिबार नेपाल फर्किएर पुनः सोमबार चीन प्रस्थान गर्ने कार्यतालिका बनेको छ ।

१५ मंसिरमा मन्त्री राणा देउवा नेपाल फर्केर १७ मंसिरमा प्रधानमन्त्री ओलीसँग राणा पुनः चीन जाने गरी कार्यतालिका बनेको परराष्ट्र स्रोतले बताएको छ ।

प्रकाशित मिति : २०८१ मङ्सिर १२ गते बुधवार
प्रतिक्रिया दिनुहोस