११ मंसिर, काठमाडौँ । मानव तस्करीको आरोपमा पक्राउ परेका कोशी प्रदेशका पूर्वमन्त्री लिलाबल्लभ अधिकारी १६ दिनको हिरासतपछि रिहा भएका छन् । विवादास्पद जापान भ्रमणका कारण पक्राउ परेका अधिकारी सोमबार साँझ छुटेका हुन् । अधिकारीलाई कात्तिक २५ गते विराटनगरस्थित डेराबाट प्रहरीले पक्राउ गरेर काठमाडौं ल्याएको थियो ।
प्रकाशित मिति : २०८१ मङ्सिर ११ गते मङ्गलवार