२०८१ मङ्सिर ११ गते मङ्गलवार | 2024 November 26th Tuesday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

माइतीघरमा रवि लामिछाने रिहाइको माग गर्दै प्रदर्शन

काठमाडौं ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई रिहा गर्न माग गर्दै काठमाडौंको माइतीघरमा प्रदर्शन भएको छ ।

आफूलाई स्वतन्त्र समूह बताउने युवाहरूले मंगलबार माइतीघरमा प्रदर्शन गरेका हुन् । तर उक्त प्रदर्शनमा रास्वपा ​केन्द्रीय सदस्य ज्वाला सङ्ग्रौला पनि सहभागी थिइन् ।

प्रदर्शनका क्रममा उनीहरूले राजनीति प्रतिशोध बन्द गर, रवि दाइलाई रिहा गरलगायतका पम्प्लेट बोकेका थिए ।सहकारी ठगी प्रकरणमा कास्की प्रहरीको हिरासतमा रहेका रास्वपा सभापति लामिछानेलाई आज (मंगलबार) काठमाडौं ल्याइने भनिएको थियो । तर उनलाई अब भोलि (बुधबार) मात्रै काठमाडौं ल्याइने प्रहरीले जनाएको छ ।​

प्रकाशित मिति : २०८१ मङ्सिर ११ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस