काठमाडौं । नेपाल चलचित्रकर्मी संघ कोशी प्रदेशद्वारा आयोजित ‘बिर्तामोड पर्यटन तथा चलचित्र महोत्सव’ सम्पन्न भएको छ ।
नेपाल तामाङ घेदुङ बिर्तामोड नगरसमितीले आयोजना गरेको महोत्सवको चलचित्र तर्फका गतिविधिहरु भने सम्पन्न भएको हो । मेला तथा साङ्गितिक कार्यक्रमहरु भने यथावत नै रहेको छ । मङ्सिर ३ गतेदेखि सुरु भएको चलचित्र महोत्सव मङ्सिर ९ गते समापन गरिएको हो ।
समापन समारोहमा कोशी प्रदेशका ५ जना वरिष्ठ कलाकारहरूलाई सम्मान गरिएको थियो । सम्मानित हुनेमा अभिनेता प्रेम सुब्बा, हेमन्त बुढाथोकी, निर्देशक बिजय केरुङ, कलाकार तथा निर्माता केशव रायमाझी र द्वन्द कलाकार संघका अध्यक्ष विपिन प्रसाईं रहेका थिए ।