२०८१ मङ्सिर १३ गते बिहिवार | 2024 November 28th Thursday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

नारायणगढ–मुग्लिन सडक खण्डमा ट्रक पल्टिँदा दुई जनाको मृत्यु

१० मंसिर, काठमाण्डौँ । नारायणगढ–मुग्लिन सडकखण्डको नौकिलोमा ट्रक दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ । तीन जना घाइते भएका छन् । नारायणगढबाट मुग्लिङतर्फ गुडिरहेको बाग्मती प्रदेश ०३ ००१ ख ३४९० नम्बरको ट्रक हिजो बेलुका इच्छाकामना गाउँपालिका–६ नौकिलोमा सडक किनारमा पल्टिएको हो ।

चामल बोकेको ट्रक पल्टिँदा च्यापिएर दुई जनाको ज्यान गएको र तीन जनाको उद्धार गरेर उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । ज्यान गुमाउनेहरुको पहिचान खुलेको छैन । यसैबीच सुनसरीमा मोटरसाइकललाई अर्को गाडीले ठक्कर दिँदा एक दम्पतीको ज्यान गएको छ ।

प्रकाशित मिति : २०८१ मङ्सिर १० गते सोमवार
प्रतिक्रिया दिनुहोस