२०८१ मङ्सिर १० गते सोमवार | 2024 November 25th Monday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

पाकिस्तानमा पोलियो सङ्क्रमितको सङ्ख्या बढ्दै

काठमाडौं । पाकिस्तानमा पोलियोका बिरामीको सङ्ख्या बढ्दै गएको पाइएको छ ।

पाकिस्तानमा यो वर्ष पोलियोका सङ्क्रमितको सङ्ख्या ५५ पुगेको छ ।

नेशनल इन्स्टिच्युट अफ हेल्थको पोलियो उन्मूलनका लागि क्षेत्रीय सन्दर्भ प्रयोगशालाले डेरा इस्माइल खान, झोब र जाफराबादसहित तीन जिल्लामा वाइल्ड पोलियो भाइरस टाइप १ ‘डब्लूपीभी–१’ पत्ता लागेको पुष्टि गरेको छ।

देशको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तको डेरा इस्माइल खान जिल्लामा यस वर्ष पोलियोका छ जना बिरामी भेटिएका छन् । यसअघि, दक्षिणपश्चिमी जिल्ला झोब र जाफराबादमा क्रमशः तीन र दुई जनामा सङ्क्रमण देखिएको थियो ।

पाकिस्तानले पोलियो कार्यक्रम अन्तर्गत जनवरी २०२४ देखि धेरै सामूहिक खोप अभियानहरू सञ्चालन गरेको छ र बालबालिकाहरूलाई उनीहरूको घरदैलोमा सीधै खोप उपलब्ध गराएको छ।

प्रकाशित मिति : २०८१ मङ्सिर १० गते सोमवार
प्रतिक्रिया दिनुहोस