२०८१ मङ्सिर १० गते सोमवार | 2024 November 25th Monday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

आजदेखि लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान शुरू

काठमाडौं । लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान आजदेखि शुरू भएको छ ।

हिंसारहित समाज निर्माणको उद्देश्यसहित १० डिसेम्बरसम्म विश्वभर चल्ने यो अभियान नेपालमा ‘हामी सबैको प्रतिबद्धता, लैङ्गिक हिंसा अन्त्यको लागि ऐक्यबद्धता’ भन्ने नाराका साथ शुरू भएको हो ।

नेपालको मन्त्रिपरिषद् बैठकले २०७५ साल मङ्सिर २ गते हरेक वर्ष नोभम्बर २५ देखि डिसेम्बर १० सम्म लैङ्गिक हिंसाविरुद्धको राष्ट्रिय अभियान सञ्चालन गर्ने र नोभेम्बर २५ तारिखलाई महिला हिंसाविरुद्धको राष्ट्रिय अभियान दिवसको रूपमा मनाउने निर्णय गरेको थियो ।

अभियानका अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले कसैले पनि हिंसा, अपमान र विभेद महसूस गर्न नपरोस् भनी शुभकामना दिएका छन् ।

यस अभियानले हामी सबैलाई सभ्य, हिंसारहित समाज निर्माण गर्न महत्त्वपूर्ण योगदान दिने विश्वास प्रधानमन्त्री ओलीको भनाइ छ । यस्तै अभियानको अवसरमा देशैभर अन्तरक्रिया, छलफल, र्‍याली लगायतका कार्यक्रम भइरहेका छन् ।

प्रकाशित मिति : २०८१ मङ्सिर १० गते सोमवार
प्रतिक्रिया दिनुहोस