२०८१ मङ्सिर ९ गते आइतवार | 2024 November 24th Sunday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

उपनिर्वाचनका लागि मतपत्र छपाईको काम अन्तिम चरणमा

काठमाडौं । निर्वाचन आयोगले मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका लागि मतपत्र छपाईको काम अन्तिम चरणमा पुगेको जनाएको छ।

छापिएका मतपत्र उपनिर्वाचन हुने अधिकांश स्थानीय तहमा पठाइसकिएको र बाँकी ठाउँमा केही दिनमा पठाइने आयोगका सहप्रवक्त्ता दुर्गा प्रसाद चालिसेले थाहाखबरलाई जानकारी दिएका छन्।

मतपत्र छपाइको काम शनिवार अबेरसम्म सकिने बताएको आयोगले आइतवारसम्मको समयसिमा थपेको छ। छपाई भएका मतपत्र काठमाडौँ र नुवाकोटबाहेक अन्य जिल्लामा पठाइसकेको सहप्रवक्त्ता चालिसेले सुनाए।

निर्वाचनका लागि पर्सीसम्म देशका विभिन्न स्थानमा मतपत्र पठाइसक्ने उनले बताए। नजिकका स्थानहरूमा भोलिसम्म पुरर्‍याइसक्ने र टाढाका हुम्ला, डोल्पा र  ताप्लेजुङमा भने सोमवारसम्ममा पठाउने आयोगको तयारी छ।

प्रकाशित मिति : २०८१ मङ्सिर ९ गते आइतवार
प्रतिक्रिया दिनुहोस